You are viewing the translated version of नीतिका लक्ष्यहरु यस नीतिका प्रमुख लक्ष्यहरु देहाय बमोजिम रहेका छन्‌:.

Section 10
नीतिका लक्ष्यहरु यस नीतिका प्रमुख लक्ष्यहरु देहाय बमोजिम रहेका छन्‌:
१०.१ अन्तर्राष्ट्रिय सञ्जाल तयारी (Network Readiness) तथा विद्युतीय सरकार सूचकाङ्कमा सन्‌ २०२० सम्म समग्रमा नेपालको स्थान दोश्रो चौंथाई (Top Second Quartile) मा पुरयाइने छ ।

१०.२ सन्‌ २०२० सम्ममा ७५ प्रतिशत नेपालीहरुलाई डिजिटल साक्षर बनाइने छ ।

१०.३ सन्‌ २०२० सम्ममा ९० प्रतिशत जनता समक्ष ब्रोडव्याड सेवाको पहुँच सुनिश्चित गरिनेछ ।

१०.४ सन्‌ २०२० सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादनमा सूचना तथा सञ्चार प्रविधि उद्योग एवं सेवाको योगदान ( दूरसञ्चार वाहेक ) कम्तिमा २.५ प्रतिशत पुर्याइने छ।

१०.५ सन्‌ २०२० सम्ममा सम्पूर्ण नेपालीमा इन्टरनेट को पहुँच सुनिश्चत गरिनेछ ।

१०.६ सन्‌ २०२० सम्ममा बिद्युतीय सरकारको अवधारणा अनुरुप कम्तिमा ८० प्रतिशत नागरिक लक्षित सेवाहरु अनलाइन (Online) मार्फत प्रदान गरिने छ ।

१०.८ सन्‌ २०१७ सम्ममा सरकारी प्रशारण क्षेत्रलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिने छ।